बुधबार, साउन २०, २०८३

नयाँ वर्षको दिन मौसम यस्तो रहने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौै - मौसम पूर्वानुमान महाशाखाले नयाँ वर्षका दिन देशका केही स्थानमा बदली भई पानी पर्नसक्ने बताएको छ।

विभागले पूर्वी तथा मध्य भूभागलगायत पश्चिमका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भुभागमा आंशिक बदली रहने बताएको छ। यस्तै देशको पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको साथै पूर्वी र मध्य तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

आज अर्थात शनिबारपनि  देशका केही सथानमा वर्षाको सम्भावना रहेको छ। देशको पूर्वी तथा मध्य भूभागका केही स्थान र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ। बाँकी भूभागमा भने आंशिक बदली हुने महाशाखाले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।