बुधबार, साउन २०, २०८३

वाइडबडी प्रकरण : छ महिनामै डेढ अर्ब घाटा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ - नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले खरीद गरेको वाइड बडी जहाजको लक्ष्यअनुसार उडान भर्न नसक्दा रु एक अर्ब ५० करोडभन्दा बढी नोक्सानी व्यहोरेको छ। महालेखा परीक्षकको ५६ औँ वार्षिक प्रतिवेदनअनुसार गन्तव्य टुङ्गो लगाएर प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा २०७५ साउनदेखि पुससम्म दुई वाइड बडी जहाजबाट रु एक अर्ब ६६ करोड ३१ लाख अनुमानित नोक्सानी भएको छ।

जहाज खरीद प्रक्रिया शुरु गरेपछि निगमले २०७३ असोज ८ मा व्यावसायिक योजना तयार गरेको थियो। सन् २०१९ देखि दमाम, सोल, सिड्नी, टोकियो र हङकङमा उडान हुनुपर्ने थियो। अहिलेसम्म वाइड बडीले कुनै पनि ठाउँमा उडान भर्न सकेको छैन। जहाज खरीद गर्दा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। 

जहाज खरीदका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट रु २३ करोड ६१ लाख ऋण लिएको छ। जहाज खरीद गर्दा रु २२ अर्ब ९० करोड १७ लाख १६ हजार खर्च भएको छ। व्यावसायिक योजनाअनुसार उडान गर्न नसक्दा निगम साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको छ। निगमले गत पुस ३० गतेभित्र तिर्नुपर्ने साँवा र ब्याजको किस्ता रु ८० करोड ४२ लाख तिर्न सकेको छैन। लामो दूरीमा विमान सञ्चालन गर्न नसकेमा नोक्सानी अझै बढ्ने स्थिति रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।