बुधबार, साउन २०, २०८३

घर फर्कदैं नेपाली सुरक्षा टोली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ – क्यारेबियन मुलुक हाइटीमा विधिको शासन स्थापना, कानून पालना तथा त्यहाँको राष्ट्रिय प्रहरीलाई सुरक्षा व्यवस्थापनमा सघाएर नेपाली विशेष सुरक्षा टोली घर फर्कंदै छ। द्वन्द्वोत्तर उक्त देशमा न्याय प्रवद्र्धनका निम्ति संयुक्त राष्ट्रसङ्घीय ‘मिनुष्टा’ ‘मिशन’मा नेतृत्वदायी भूमिकामा रहेको १४० सदस्यीय नेपाली टोली आगामी वैशाख १८ गतेपछि स्वदेश फर्कन लागेको हो। 

गत चैतमा उक्त मिशनको ‘नेपाल फम्ड पुलिस युनिट’ को नेतृत्व सम्हालेका नेपाली सुरक्षाकर्मीलाई बिदाइ गर्नुअघि मिनुष्टाका प्रवक्ता सोफी बौटौड डेला कोम्बेले उनीहरूका साथ नेपाली सञ्चारकर्मीसँग राजधानी पोर्ट अों प्रिन्सबाट गरेको ‘भिडियो कन्फ्रेन्स’ मा नेपाली सुरक्षाकर्मीका कारण हाइटीको राष्ट्रिय प्रहरी अब त्यहाँ शान्ति सुव्यवस्था कायम गर्न सक्षम भएको बताइन्। उनले आगामी कात्तिकमा बन्द हुने उक्त मिशनमा रहेर नेपाली सुरक्षा टोलीले हाइटीको राष्ट्रिय प्रहरीसँग संयुक्त कारवाही तथा सुरक्षा अभ्यास, संयुक्त गस्ती, रणनीतिक सुरक्षा, मानवीय उद्धार तथा विशिष्ट व्यक्तिको सुरक्षा, दैवी विपत्तिका बेला उद्धार, हिंसात्मक आन्दोलन एवं भीड नियन्त्रणका सीप सिकाएर उनीहरूको क्षमता अभिवृद्धि गरिएको बताइन्। 

ग्रामीण क्षेत्रका समुदायसँगको निरन्तर संवाद तथा विपत्तिका बेला मानवीय सहयोग, उद्धार र राहत सामग्री वितरणमा प्रस्तुत व्यावसायिकताबाट हाइटीका बासिन्दाले नेपालीलाई नबिर्सने प्रवक्ता डेला कोम्बेले बताए। उक्त एकाइका प्रमुख सुशीलकुमार यादव, कार्य आयुक्त नरेशराज सुवेदी र चिकित्साकर्मी विजया देउजाले सुरक्षा परिषद्को जनादेशअनुसार आफूृहरूले काम गरेको र हाइटीका नागरिकले नेपाली टोलीलाई व्यावसायिक एवं दक्ष सुरक्षाकर्मीको दर्जा दिएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।