बुधबार, साउन २०, २०८३

लिबियाबाट शान्ति सैनिक नहट्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाली सेनाले अफ्रिकी राष्ट्र लिबियामा तैनाथ नेपाली शान्ति सैनिक त्यहाँबाट हट्न लागेको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट गरेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मिशन हेड क्वार्टर लिबियामा नै रहेको अवस्थामा नेपाली शान्ति सैनिक लिबियाबाट फिर्ता हुन लागेको भनी सम्प्रेषित आधारहीन समाचारबाट दिग्भ्रमित नहुन नेपाली सेना अनुरोध गर्दछ।’

त्यहाँ तैनाथ मिशन हेड क्वार्टरको सुरक्षाको जिम्मेवारी नेपाली शान्ति सैनिकले गरिरहेको  जानकारी दिँदै सेनाले अन्तरराष्ट्रिय समुदायमा नेपाली शान्ति सैनिकप्रतिको आस्था र विश्वासलाई अटल राख्न नेपाली सेना प्रतिबद्ध रहेको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।