बुधबार, साउन २०, २०८३

पञ्चेबाजाको संरक्षण र व्यवसायीकताका लागि तालिम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– परम्परागत हुड्के नाच तथा पञ्चेबाजाको संरक्षण र यसलाई व्यवसायीक बनाउने उद्देश्यले डोटीमा युवाहरुलाई १५ दिनको तालिम प्रदान गरिएको छ। पुस्तान्त्रण हुन नसकेको पञ्चेबाजा बजाउने कार्यलाई व्यवसायीक बनाउन केआइसिंह गाउपालिका– ५ को वडा कार्यालयले १५ दिने परम्परागत लोक संस्कृती संरक्षण तथा बिकास तालिमको आयोजना गरेको हो। 

वडामा रहेका दलित परिवारले अंगाल्दै आएको उक्त पेशामा युवा पुस्तालाई तल्लिन गराउन तालिमको आयोजना गरिएको वडा अध्यक्ष रामचन्द्र राणाले जानकारी दिए। तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले मौलिक लोक संस्कृति तथा परम्परा लोप हुने अवस्थामा पुगेकाले  तिनको संरक्षणका साथै व्यवसायिक बनाउन तालिम संचालन गरेको बताए। 

तालिममा १५ जना दलित युवाहरुको सहभागि रहेको थियो। तालिमका लागि पूर्वबाट दुई जनालाई प्रशिक्षकका रुपमा बोलाइएको थियो। डोटेली संस्कृति आफैमा लोकसंस्कृतीको धनी भएपनि पछिल्लो समय लोप हुदै गएको प्रति चिन्ता ब्यक्त गर्न थालिएको छ। 

दलित जातीले परम्परागत रुपमा अंगाल्दै आएको हुड्के र पञ्चेबाजालाई व्यावसायीक रुपमा अघि बढाई स्वरोजगारमूखि बनाउन वडा कार्यालयले लगानी गरेको हो। नेपाल दलित संघका अध्यक्ष लाल बहादुर बिकले दलितहरुले आत्मनिर्भर हुन जरुरी रहेकोमा जोड दिए। उनले दलितहरुका हक अधिकार र मौलिक संस्कृतिको संरक्षणका लागि संबैधानिक अधिकार दिएको त्यसको सदुपयोग गर्नु पर्ने बताए। त्यस्तै दलित संघका पूर्व अध्यक्ष कुमार टेलरले दलित जातीलाई दिएको तालिम जिल्लाकै नमुना रहेको भन्दै प्रशंसा गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।