बुधबार, साउन २०, २०८३

'खेलाडीलाई होटल छैन, भत्ता पुगेन'  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बाँके- प्रदेश न‌ं. ५ मा सुरु भएको आठौं राष्ट्रिय खेलकूदको तीन दिन नबित्दै खेलाडीले सास्ति खेपेका छन् । प्रदेश न‌ं. ५ का विभिन्न क्षेत्रमा आयोजना भएका खेलका लागि उपस्तित भएका खेलाडीले खेल जिनकै नत बस्न पाएका छन् । नत होटेलमा बस्नका लागि खेलाडीलाई प्रयाप्त भत्ता नै छ । 

दाङमा टेबलटेनिस र बास्केटबल प्रतियोगिता सञ्चालन भइरहँदा खेलाडी र खेलप्रेमीहरु भने उचित वसोवासको समस्यामा परेका छन् । खेलकूदको लागि देशभरका सातवटै प्रदेशका खेलाडी, खेलसँग सम्बन्धित व्यक्ति र खेलप्रेमी दाङ आएका छन् । बुधबार र बिहीबार उद्घाटन भएका दुई खेल क्रमश टेबलटेनिस र बास्केटबल दुबै घोराहीमा सञ्चालन भइरहेका छन् । 

दुबै खेलमा देशभरबाट करीब दुई हजारदेखि दुई हजार २०० खेलसँग सम्बन्धित व्यक्ति यहाँ आएका छन् । दाङमा अन्य पाँचवटा खेलको औपचारिक उद्घाटन हुन बाँकी छ । जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष कैलाश रोकामगरका अनुसार जिल्लामा आएका सबै प्रदेश र विभागीय समूहका खेलाडीलाई समितिले यहाँका विभिन्न ठूला तथा मध्यमस्तरका होटेलमा खान बस्नको व्यवस्था गरेको छ । सबै खेलाडीलाई सुविधासहितको होटलमा बसाउनका लागि मुस्किल भइरहेको छ ।     
     
‘होटल थोरै भए, पाहुना धेरै भए’ कोषाध्यक्ष रोकाले भने । ‘पाएक पर्ने ठाउँमा धेरै खेलाडी र खेलसँग सम्बन्धित व्यक्ति अटाउन सक्ने अवस्था छैन ।’ लमही र तुलसीपुरमा हुने खेलमा त्यहाँ प्रर्याप्त होटल नहुँदा घोराही ल्याएर बसाउनुपर्ने बाध्यता छ । खेल खेल्नका लागि भौतिक पूर्वाधार र खेलमैदान तयार पारे पनि बाहिरबाट आउने पाहुनालाई सजिलै, सस्तो दरमा धेरै व्यक्ति राख्न मिल्ने होटल नहुँदा समस्या भएको उनको भनाइ छ । खेलकूद विकास समितिको जिम्मेवारीमा खेलाडीलाई होटेल व्यवस्थापनको काम गरिरहनुभएका बक्सिङ प्रशिक्षक सुमन घलेका अनुसार अहिले जिल्लामा खेलाडी र खेलसँग सम्बन्धितलाई मात्र पनि जिल्लामा बस्नका लागि होटेल पुगिरहेको छैन ।     

भत्ता अपर्याप्त     

राष्ट्रिय खेलकूद परिषद्ले प्रतिखेलाडी खान बस्नको लागि रु एक हजार ४०० दैनिक भत्ता उपलब्ध गराएको छ तर यहाँका केही होटलले सरकारले उपलब्ध गराएको भत्ताभन्दा पनि बढी पैसा मागेपछि समस्या भएको हो । अहिले प्रत्येक खेलका समूहलाई यातायातको लागि बसको सुविधा दिइएको छ । एउटा खेल सञ्चालन गर्दा कम्तीमा पनि २० वटा होटेलको आवश्यकता देखिएको जिल्ला खेलकूद विकास समितिको भनाइ छ ।     
     
समितिले दिएको तथ्याङ्कअनुसार खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायलगायत सबै प्राविधिकसहित जिल्लामा सञ्चालन हुन लागेको एथ्लेटिक्समा ४०५ जना, कराँतेमा ३६३, टेबल टेनिसमा १८४ जना, ब्याडमिन्टनको लागि २१० जनालाई जिल्लाका होटेलमा राख्नुपर्ने अवस्था छ ।     
     
 त्यस्तै बास्केटमा ३०५ जना, क्रिकेटमा ४०१, फुटबलमा २५०जनालाई होटलमा बसाउनुपर्ने छ । त्यसमा पनि खेलाडीका आफन्त, अन्य खेलप्रेमी गरेर तोकिएको भन्दा झण्डै तीन गुणा पाहुना दाङ आएका छन् । अहिले घोराहीमा रहेका करीब दुई दर्जन बढी होटेल, लजमा खेलसँग सम्बन्धित भरिभराउ छन् ।     
     
जिल्ला होटेल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगी भने आफूहरुसँग समन्वय नभएको कारण यहाँका धेरै होटेल खाली रहेको बताए । अन्य मध्यमस्तरका धेरै होटेल पनि खाली रहेको उहाँ बताए । अहिले घोराहीमा मात्रै खान, बस्नसहितको सुविधा भएको ठूला र मध्यमस्तरका ५१ वटा, तुलसीपुरमा एक दर्जन र लमही, बालुवाङमा आधादर्जन होटेल भएको उनले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।