बुधबार, साउन २०, २०८३

प्रत्येक नेपालीको काँधमा ३१ हजार ऋणको भारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रत्येक नेपालीको काँधमा ३१ हजार सात सय ५० रुपैयाँ सरकारी ऋण दायित्व देखिएको छ। महालेखा परिक्षकको कार्यालयलले पेश गरेको आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदनले यस्तो आंकलन प्रस्तुत गरेको छ।
 
कार्यालयले शुक्रवार राष्ट्रपतिलाई बुझाएको आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन बुझाएको छ। वार्षिक प्रतिवेदनका अनुसार गएको आर्थिक वर्षमा नेपाल सरकारको ऋण दायित्व गत वर्षको तुलनामा एक तिहाइले बढेको हो।

महालेखाको पछिल्लो प्रतिवेदनअनुसार कूल सरकारी ऋण दायित्व नौ खर्ब १५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

आन्तरिक ऋण तीन खर्ब ९१ अर्ब १६ करोड रुपैयाँ र वैदेशिक ऋण पाँच खर्ब २४ अर्ब १५ करोड रुपैयाँ रहेको जनाइएको छ। उक्त ऋण दायित्वलाई दुई करोड ८८ लाख २९ हजार नेपालीलाई भाग लगाउँदा प्रतिव्यक्ति ३१ हजार सात सय ५० रुपैयाँ हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०७३ र ७४ को तुलनामा प्रतिव्यक्ति ऋण सात हजार ४३ रुपैयाँले बढेको हो।

बेरूजु तीन खर्ब ७७ अर्ब

पछिल्लो प्रतिवेदनअनुसार कुल बेरुजु तीन खर्ब ७७ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।  २०७३/७४ मा बाँकी रहेको बेरुजु दुई खर्ब ९० अर्ब ५२ करोड रुपैयाँमा समायोजन र फछ्र्योट गरिएको रकम घटाउदा पनि आर्थिक वर्ष २०७४/७५ मा थप एक खर्ब ४१ अर्ब पाँच करोड रुपैयाँ बेरुजु थपिएको छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।