बुधबार, साउन २०, २०८३

जल र स्थल मार्गको संगम बन्यो हलेदे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी - दक्षिणी भोजपुरको विकट मानिने हलेदे जलमार्ग र स्थलमार्ग जोडिएपछि दुवैको संगमस्थल भएको छ। विकट हलेदे अब भोजपुर र पूर्वी तराईसँग निकट भएको छ। 

सप्तकोसीको सबैभन्दा ठूलो सहायक नदी अरुण किनारमा रहेको हलेदेमा माथिबाट सडक मार्ग हुँदै चारपांग्रे गाडी आउँछन्। तलबाट सप्तकोसी र अरुण हुँदै जेटबोट आउँछन्। यसरी जलमार्ग र स्थलमार्गको भेट हुने स्थल बनेको छ दक्षिणी भोजपुरको हतुवागढी गाउँपालिकाको हलेदे। अहिले यस क्षेत्रमा पर्यटक आउजाउ बढेको स्थानीय बताउँछन्। 

हलेदेमा रहेको अरुण किनारमा टहरो बनाएर चियापसल सञ्चालन गर्ने स्थानीय मिलन राई जेटबोटले चहलपहल बढाएको बताउँछन्। सप्तकोसीमा जेटबोट चलेपछि घुम्न आउने र भोजपुरको घोडेटार हुँदै भोजपुर बजार पुग्ने सडकमा चहलपहल बढेको उनले बताए। सुनसरीको बराहक्षेत्रसम्म पुग्नलाई पैदल दुई घन्टे बाटो २० मिनेटमा झरेको र भोजपुर सदरमुकाम पुग्न पूर्वी तराई हुँदै धरानबाट एक दिन लाग्नेमा अब ६ घन्टामै सडकबाट पुगिने अवस्था आएको राईले बताए।
 
हलेदे–घोडेटार–भोजपुर बजार ६ घन्टाको सडकमा सवारी सञ्चालन गर्न पनि जेटबोटले सजिलो बनाएको छ। ५ वर्ष अगाडि नै मचुवादेखि भोजपुर सदरमुकामसम्म सवारी चले पनि जेटबोट बनेपछि मात्रै हलेदेसम्म सवारी चलेको सवारी चालक विमल बान्तवा बताउँछन्। 

हलेदेमा हुने यो चहलपहल बाह्रै महिना बनाउन की हलेदेबाट सुनसरी वा उदयपुरसम्म चुस्त सडक की बाह्रै महिना जेटबोट सञ्चालन हुनुपर्ने स्थानीयको माग छ। 

हतुवागणि गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई हदेलेमा बाह्रै महिना जेटबोट संचालन गर्न सकिने बारेमा प्रदेश र संघीय सरकारसँग सहयोगको माग गरेको बताउँछन। उनी भन्छन्, ‘यो अक्करको बाटो भएर हिँडेका धेरै हाम्रा पुर्खाहरुको ज्यान गएको छ। अब जल र स्थल यातायातले सहज बनाएको छ। यसको निरन्तरताको लागी गाउँपालिकाको प्रयास जारी छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।