बुधबार, साउन २०, २०८३

सिंगापुरमाथी नेपाल २१७ रनले विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले सानदार सुरुवात गरेको छ । मलेसियामा जारी छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सानदार सुरुवात गरेको हो ।
 
नेपालले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३१ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ६५ रन बनाउन सक्यो । नेपाली बलर सामु खुलेर खेल्न नसकेका सिंगापुरका खेलाडीको सर्वाधिक रन २८ रहेको छ । 

सिंगापुरका लागि इसान सवनीले सर्वाधिक २८ रन जोडेका हुन् । त्यस्तै साइ वेनुगोपालले १८ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरा अंकमा रन छुन सकेनन् । सिंगापुरका दुई खेलाडी शुन्य रनमा आउट हुँदा दुई खेलाडी एक रन, दुई खेलाडी दुई रन र एक खेलाडी ७ रनमा पेभिलियन फर्केका थिए । 

सिंगापुरलाई सस्तैमा समेट्न नेपालका लागी कुसल मल्ल र पवन सराफले समान दुई दुई तथा सुर्य तामाङ र रसिद खानले एक एक विकेट लिए । 

यसअघि रोहितले उत्कृष्ट अर्धसतकीय पारीको मद्दतले नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८२ रन जाडेको थियो । रोहितले रोहितले १ सय ५ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गर्दै ९५ रन जोडेका थिए । 

त्यस्तै रासिद खानले ४८ रन जोडे । उनले ४७ बलमा चार चौका र दुई छक्का प्रहार गरे । पवन सराफले ४७ रन जोड्दा ५३ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए । कमलसिंह ऐरीले १८ बलमा १ चौका र ३ छक्कासहित ३१ रन जोड्दा भिम सार्कीले २६ रन जोडे । 

कुशल मल्लले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । सिंगापुरका लागि अथर्व गुनेले ४ विकेट लिँदा राहुल शर्मा र विनित मेहराले समान २-२ तथा सिंघवीले १ विकेट लिए । अब नेपालले आफ्नो दोस्रो खेल युएईसाग शनिबार खेल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।