काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्कीमा हुने संसदीय उपनिर्वाचन जिते पार्टी एकताको सन्देश जाने बताएका छन्। स्वर्गीय मन्त्री रवीन्द्र अधिकारीको स्थानमा हुने उपनिर्वाचनमा कांग्रेसलाई जिताए एकताको सन्देश देशव्यापी जाने देउवाको भनाई छ।
उनले एकताको सन्देश पनि कास्कीबाटै फैलाउनुपर्ने बताए। शुक्रबार कास्कीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले पार्टीमा गुट, उपगुट सिर्जना गर्ने र घातप्रतिघातका गर्नेलाई कारबाही हुने बताए।
घातप्रतिघातकै कारण विगतमा पार्टीले पराजय भोग्नु परेको बताउँदै उनले एकताबद्ध भएर निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४