बुधबार, साउन २०, २०८३

 निजी विद्यालयको शिक्षण शुल्क २७ प्रतिशतले बढ्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- निजी विद्यालयहरुले मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्मले बढाउने भएका छन् । काठमाडौं महानगरपालिकाले २७ प्रतिशतसम्म शुल्क बढाउन स्विकृति दिएपछि विद्यालयहरुले शुल्क बढाउन लागेका हुन् । 

महानगरपालिका विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिको बैठकले निजी विद्यालयले हाल लिँदै आएको शिक्षण शुल्कमा औसतमा २७ प्रतिशत बढाउन पाउनेगरी नयाँ शुल्कदर तोकेको हो। 

नयाँ शैक्षिक सत्र वैशाख २ गते सुरु हुनेछ।  महानगरभित्र सञ्चालित ६४५ निजी विद्यालयमा अब नयाँ शुल्कदर कार्यान्वयन हुने महानगर शिक्षा विभागकी प्रमुख निर्मला केसीले बताइन्। काठमाडौं महानगरभित्र ७३६ विद्यालय सञ्चालनमा छन्।

संघीय सरकारले मुलुकमा निजी र सरकारी शिक्षा समायाजन गरी एकैखाले शिक्षाको व्यवस्था गर्न संघीय शिक्षा ऐन ल्याउने तयारी गरिरहेको वेला स्थानीय सरकारले निजी विद्यालयलाई शुल्क बढाउन छुट दिएपछि विरोधाभाष देखिएको छ। 

नयाँ शैक्षिक सत्रदेखि लागू हुने महानगरपालिकाको यो निर्णयबाट निजी विद्यालय थप मोटाउने र अभिभावक आर्थिक मारमा पर्ने निश्चित छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।