बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खटाएको ठाउँमा नजाने कर्मचारीलाई गृहले कारवाही गर्ने

खटाएको ठाउँमा नजाने कर्मचारीलाई गृहले कारवाही गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- पदस्थापन भएका कर्मचारीलाई तोकिएको स्थानमा गएर काम गर्न निर्देशन दिँंदै गृह मन्त्रालयले  काम गर्न नजाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएको छ  । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निर्णय भई समायोजनापछि मन्त्रालयअन्तर्गत पदस्थापन भएका कर्मचारीलाई कामकाजमा खटाइसकेको भए पनि कर्मचारी सम्बन्धित कार्यालयमा हाजिर हुन नगएको भन्दै मन्त्रालयले यस्ता कर्मचारीमाथि कारबाही गर्ने चेतावनी दिएको हो ।

बिहीबार एक सूचना जारी गरी आफ्नो पदीय जिम्मेवारी र कर्तव्यलाई गम्भीरतापूर्वक मनन गर्न समेत गृहले सचेत गराएको छ ।  “तोकिएको ठाउँमा नगए प्रचलित कानूनअनुसार कारवाही भइजाने व्यहोरासमेत यसै सूचनामार्फत अवगत गराइएको छ,” मन्त्रालयको  निजामती कर्मचारी प्रशासन शाखाद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।