बुधबार, साउन २०, २०८३

सरकारको दमनले अब रोकिँदैन जनसंघर्ष :  कमल थापा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले २२ बुँदे मागको कार्यान्वयनका लागि दबाब दिन बिहीबार पनि राजधानीमा धर्ना र प्रदर्शन गरेको छ। राप्रपाले त्रिपुरेश्वरबाट र्‍याली निकालेर काठमाडौं महानगरपालिकको कार्यालय अगाडि धर्ना दिएको थियो । धर्नामा संलग्‍न प्रदर्शनमाथि हस्तक्षेप गरी लाठीप्रहार गरेको राप्रपाले जनाएको छ। 

राप्रपाले चैत २५ गतेदेखि देशव्यापी जनसंघर्षको धर्ना कार्यक्रम गरिरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शान्तिपूर्ण जनसंघर्षलाई सरकारले बल प्रयोग गरेर दमन गर्न खोजेको आरोप लगाएका छन्।

उनले विगतका घटना क्रमबाट पाठ सिक्न आग्रह गर्दै भने, ‘न जंगलबाट राजनीतिक समस्याको हल हुन्छ, न दमनबाट विगतले हामीलाई राम्रोसँग सिकाएको छ । हामी प्रजातान्त्रिक विधिबाट समस्याको हल चाहान्छौं दमन गरिए भागेर जाँदैनौं, संघर्षलाई उच्चाईमा पुर्‍याउँछौं ।’ शान्तिपूर्ण प्रदर्शनलाई दबाउन खोज्दा यसको परिणाम झन् गम्भीर हुने चेतावनी थापाले दिए। उनले भने, 'सरकारको दमनले रोकिदैन जनसंघर्ष अब।'

राप्रपाले सनातन हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्‍त्र पुनस्र्थापनालगायतका  माग राख्‍दै जनसंघर्ष घोषणा गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।