धनगढी - अछाम र बाजुरा जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। अछामको तुर्माखाँद गाउँपालिकामा से २ त ८२४ नम्बरको ट्याक्टर भीरबाट खस्दा एक जनाको मुत्यु भएको हो। मृत्यु हुनेमा ४५ वर्षीय नरबहादुर नेपाली रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
यस्तै बाजुराको बम्का बजारबाट वावला जाँदै गरेको से १ त ८९८३ नम्बरको ट्याक्टरबाट लडेर २४ वर्षीय जनक ओखेडाको मुत्यु भएको छ। सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयकाअनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४