बुधबार, साउन २०, २०८३

सेनाका अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाका अधिकृत क्याडेटहरुलाई सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गरेका छन्। भक्तपुरको खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका ७७ जनालाई उक्त पद प्रदान गरिएको हो।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली सेना संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायिक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पुरा गर्न सक्षम भएको बताए। उनले नेपाली सेनालाई आफ्नो दायित्व प्रति सदैव सजग, सतर्क र कर्तव्यनिष्ठ रहन निर्देशन दिए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।