सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ सरकारले दायर गरेका चार मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

प्रदेश २ सरकारले दायर गरेका चार मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

प्रदेश २ सरकारले संघीय सरकारलाई विपक्षी बनाएर दायर गरेका विभिन्न मुद्दामा शुक्रबार सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

जनकपुरधाम– प्रदेश २ सरकारले संघीय सरकारलाई विपक्षी बनाएर दायर गरेका विभिन्न मुद्दामा शुक्रबार सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

प्रहरी समायोजन, कर्मचारी समायोजन, फौजदारी मुद्दाको क्षेत्राधिकार र भूमिगत सिँचाइ कार्यालयको हस्तान्तरणका सम्बन्धमा दायर मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको हो।

करिब एक वर्षपछि यी मुद्दामा सर्वोच्चले संघीय सरकारलाई कारण देखाउ आदेश जारी गरेको प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जानकारी दिए।

प्रदेश सरकारले अधिकार क्षेत्रको विषयलाई लिएर ०७७ भदौ २० गते, ३० गते र मंसिर १८ गते गरी तीन चरणमा संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएको थियो।

प्रकाशित: Aug 20, 2021| 17:07 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।