बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेशकाे बिदामा केन्द्र मातहतका कार्यालय पनि बन्द हुने

प्रदेशकाे बिदामा केन्द्र मातहतका कार्यालय पनि बन्द हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रदेश सरकारले दिएको सार्वजनिक बिदा केन्द्र सरकार मातहत रहेका कार्यालयलाईसमेत लागू हुने भएको छ। बिहीबार मन्त्रिपरिषदका पछिल्ला निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रदेश सरकारका गुनासा सम्बोधन गर्न यस्तो निर्णय गरिएको बताए।
 
यसअघि प्रदेश सरकारले दिएको बिदा प्रदेश मातहतका कार्यालयहरुमा मात्रै लागूभएपनि केन्द्र मातहत रहेका कार्यालयमा लागू भएको थिएन। अब केन्द्र मातहतका कार्यालयमा पनि प्रदेश सरकारको बिदा लागू हुने मन्त्री बाँस्कोटाले बताए। 

यसअघि प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक विदामा संघीय सरकार अन्तर्गतका कार्यालयहरु खुल्ने गरेका थिए। यसमा प्रदेश सरकारहरुले असहमति जनाउँदै आएका थिए। प्रदेशले सार्वजनिक विदा दिएको दिन गृह मन्त्रालयले विदा नदिएमा पनि संघीय सरकार अन्तर्गतका कार्यालयहरु खुल्नेछन्। तर प्रदेशले घोषणा गरेको बिदा काठमाडौं उपत्यकामा भने लागू हुने छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।