बुधबार, साउन २०, २०८३

कथाकार सागरलाई मैनाली कथा सम्मान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा - वरिष्ठ कथाकार विजय सागरलाई यस बर्षको मैनाली कथा सम्मान प्रदान गरिएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित विशेष कार्यक्रमका अवसरमा भैरहवा निवासी कथाकार सागरलाई नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ गीता केशरीले सम्मान गरेका हुन् ।

कथाकार  सागर नेपाली साहित्यका अग्रणी साहित्यकार हुन् । पाल्पाको तानसेनमा २००६ सालमा जन्मे हुर्केर हाल सिद्धार्थनगर भैरहवामा सक्रिय साहित्यिक गतिविधि र सामाजिक कार्यमा अगुवाइ गरिरहेका सागरका कथामा नेपाली समाजका विभिन्न पक्षलाई समेटिएको पाइने वरिष्ठ समालोचक बालकृष्ण भट्टराईले बताए । सिद्धार्थ साहित्य परिषदका पूर्वअध्यक्ष समेत रहेका सागरले कविता र लेखसमेत लेख्ने गरेका छन् । समालोचक भट्टराईका अनुसार सागरका कथा कविता सामाजिक विषयवस्तुमा आधारित प्रगतिशील चेतनाले ओतप्रेत र ऐतिहाससक खोजमा केन्द्रित हुने गरेका छन् ।

चौतारो (हवाई पत्र) लघुकथा संग्रह भाग १ र २ (२०३४), सागरका कथाहरु (२०६०) र सागरका कविताहरु (२०६१), विवरुका कथाहरु (२०६६), नेवाः सस्कृति र उपत्यका बाहिर बस्ने नेवारहरु (२०६६) सागरका प्रकाशित कृति हुन् । विवरुका कथाहरु कथाकार सागरले वनमाली निराकार र रुद्र ज्ञवालीसंगको सहलेखनमा लेखेका थिए । यसैगरी हवाईपत्र पनि उनको सहलेखन कृति हो ।

साहित्य सिर्जना र सामाजिक सेवामा सक्रिय सागर हाल लुम्बिनी क्षेत्रमा भ्रष्टाचार, बेथिति, कुरीति र कुसंस्कारविरुद्ध बिएमजी ग्रुप स्थापना गरी नागरिक आन्दोलनको अगुवाइ गरिरहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।