बुधबार, साउन २०, २०८३

यसकारण लाग्यो पब्जीमा प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - पछिल्लो समय निकै लोकप्रिय भएको इन्टरनेट गेम पब्जीमाथि नेपालमा प्रतिबन्ध लागेको छ। सरकारले यो गेममा प्रतिबन्ध लगाउनका लागि सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई पत्राचार गरेको छ।

पब्जी खेलले पढाइ र मानसिक स्वास्थ्य गम्भीर असर परेको यसले समाजमा नकारात्मक मनोविज्ञानको विकास गरेको व्यापक गुनासा र उजुरी आएपछि नेपाल दूरसञ्चार प्राधिकरणले प्रतिबन्धित गर्ने निर्णय गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पब्जीका कारण भएका घटना र त्यसले बालबालिकामा विकसित नकारात्मक असर न्यून गर्न खेलमाथि प्रतिबन्ध लगाइएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गरे। 

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक एसएसपी धिरज प्रताप सिंहले महाशाखाको अध्ययन र अनुसन्धान पछि पब्जीमा प्रतिबन्ध लगाउन सम्बन्धित निकायलाई आग्रह गरिएको नेपाल समयसँग बताए। सिंहका अनुसार पब्जीले बालबालिकामा हिंस्रक मनोविज्ञानको विकास गरेको र यसले समाजमा नकरात्मक घटनाहरु हुनुसक्ने जोखिम बढाएको भन्दै अभिभावक, शिक्षक, स्कुलका सञ्चालक र प्रिन्सिपल तथा अन्य नागरिकबाट व्यापक उजुरी र गुनासो आएपछि महाशाखाले प्राविधिक विशेषज्ञसहितको टोली अनुसन्धानका लागि खटाएको थियो। एसएसपी सिंहले  काठमाडौं जिल्ला अदालतसँग स्वीकृति लिएरै खेलमा प्रतिबन्ध लगाएकाे बताए। 'हामीले अदालतसँग सहमति माग गरेपछि अदालतले मनोचिकित्सकसँग परामर्श लिएर प्रतिबन्ध लगाउन सहमति दिएको हो।', उनले भने।

एसएसपी सिंहले भने, ‘करिब २ महिना लामो अध्ययन र अनुसन्धान पछि यसलाई प्रतिबन्ध लगाउनु उचित हुने निष्कर्षसहित सम्बन्धित निकायमा सिफारिस गरिएको हो।' प्रहरीले अनुसन्धानको क्रममा यसले पार्ने मनोवैज्ञानिक प्रभावकाबारेमा समेत मनोविदहरुलाई सहभागि गराएर अध्ययन गरेको थियो।    

थप पढ्नुस्

ज्यानै लिने पब्जी !
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।