बुधबार, साउन २०, २०८३

सरकार निरीह बन्यो : कांग्रेस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेसले सरकार मुलुकमा शान्ति, सुव्यवस्था कायम राख्न असक्षम र निरीह बनेको बताएको छ।

नेपाली कांग्रेसको संसदयीय दलले बिहीबार जारी गरेको विज्ञप्तिमा वर्तमान सरकार गठन भएपछि हत्या, हिंसाका घटनाहरु झनै बढेर गएको उल्लेख छ। आफ्ना दलका नेता तथा कार्यकर्तामाथि श्रृंखलाबद्ध आक्रमणहरु भइरहेको भन्दै कांग्रेसले दलले कठोर कदम चाले त्यसको जिम्मेवार सरकार हुनुपर्ने बताएको छ।
 
बालकृष्ण खाँडद्वारा हस्ताक्षरित विज्ञप्तिमा गत फागुन २६ गते रुपन्देही जिल्लाको देवदहमा तरुण दलका नगर कार्यसमिति सदस्य अनिस पुरीमाथि साङ्घातिक हमला गर्दै हत्या गरिएकोमा विरोध जनाइएको छ। साथै, कांग्रेसले यस्ता घटनामा गम्भीर बन्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।