बुधबार, साउन २०, २०८३

'सेतो कोट लाएर विरोध गर्न पाइन्छ?'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेतो कोट लगाएर विरोध गर्नु अव्यवहारिक हुने बताएका छन्।

सरकारी चिकित्सकले समायोजन प्रति असन्तुष्टि जनाउँदै आकस्मिक वाहेकका सेवा अवरुद्ध पारेको सन्दर्भमा मन्त्री बाँस्कोटाले सेतो बर्दी लाएर हड्तालमा जान नहुने बताए। 'खटाएको ठाउँमा जान्नौं, हामीले सेतो कोट लाएका छौं। हामी जहाँ बस्यो जनता त्यहीं आउनुपर्छ भन्नु अव्यवहारिक हुन्छ।', उनले भने, 'समायोजन हुन्छ र गर्नैपर्छ। जहाँ जनता बस्छन्, त्यहाँ सरकारी सेवा पुग्छ।'

मास स्केलको समायोजन भएकाले केही टेक्निकल गडबडी हुनसक्ने उनले बताए। उनले सरकार चिकित्सकका व्यवहारिक माग सम्बोधन गर्न तयार रहेको तर, डाक्टरलेसमेत आफ्नो मर्यादा बुझ्नुपर्ने बताए। 

'हामीले जे गरेपनि हुन्छ भन्ने संस्कार र संस्कृतिको विकास गरेर डाक्टरको मर्यादा रहन्छ की रहन्न?, त्यो उहाँहरुले बुझुनुपर्ने कुरा हो।', मन्त्री बाँस्कोटाले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।