बुधबार, साउन २०, २०८३

विश्वकै ठुलो भारतीय चुनाव : पाँच रोचक पक्ष यस्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि जनमतसङ्ग्रहका रूपमा हेरिएको निर्वाचनको पहिलो चरण बिहीवारबाट सुरु भएको छ। दशौँ लाख भारतीयहरूले २० वटा राज्य र केन्द्रशासित क्षेत्रका ९१ वटा निर्वाचनक्षेत्रमा मतदान गर्दैछन्।

संसद्को तल्लो सदन लोकसभाका लागि सात चरणमा हुने मतदान मे १९ तारिखसम्म हुनेछ। तर, मतगणना भने २३ तारिखमा सुरु हुनेछ। ९० करोड योग्य मतदाता रहेको यो निर्वाचनलाई विश्वमा अहिलेसम्म भएको सबैभन्दा ठूलो निर्वाचन मानिएको छ।

के तपाईंलाई भारतीय निर्वाचनबारे यी पाँच कुरा थाहा छ?

१) मतदाताः अमेरिकामा भन्दा चार गुणा बढी

यो वर्ष भारतमा ९० करोडभन्दा धेरै योग्य मतदाता रहेका छन्। जुन अर्को दोस्रो ठूलो प्रजातन्त्र मानिने अमेरिकाको भन्दा चार गुणा धेरै हो।

भारतले पहिलो आम चुनाव ब्रिटेनबाट स्वतन्त्र भएपश्चात् सन् १९५१ र ५२ मा गरेको थियो। यसपाली चुनावका लागि दश लाख मतदान केन्द्र स्थापना गरिएका छन्।

२) चुनाव डेढ महिना

अप्रिल ११ देखि सुरु भइ मे १९ तारीखमा सम्पन्न हुने निर्वाचनमा संसारको सबैभन्दा ठूलो प्रजातन्त्र मानिने भारतमा मतदाताहरूले केन्द्रीय संसदका सदस्यका लागि भोट खसाल्नेछन्।

भारतको निर्वाचन सात चरणमा करिब डेढ महिना लगाएर हुँदैछ किनकी त्यसमा अत्याधिक संख्यामा निर्वाचन अधिकारी तथा सुरक्षाकर्मी खटाइनेछन्। भिन्नाभिन्नै राज्यमा भिन्नाभिन्नै समयमा मतदान हुनेछ। सबैतिरको मतदान मे १९ मा सकिएपछि मे २३ मा मतगणना हुनेछ। त्यसमार्फत् उनीहरूले हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले थप पाँच वर्ष शासन गर्न पाउने वा नपाउनेबारे निर्णय दिनेछन्।

३) कसले बनाउँछ सरकार ?

भारतीय संसदमा दुई सदन छन्, लोकसभा तथा राज्यसभा। तल्लो सदन लोकसभाका लागि भइरहेको चुनावमार्फत उसको ५४३ सदस्य छानिनेछन्। जसले न्यूनतम २७२ सांसद आफ्नो पक्षमा पार्न सक्छ उसैले सरकार बनाउनेछ। 

जुन दल वा गठबन्धनले बहुमत सिट जित्नेछ उसैको नेता प्रधानमन्त्री चुनिनेछ। सन् २०१४ मा भएको पछिल्लो निर्वाचनमा मोदीको दल भारतीय जनता पार्टी भाजपाले २८२ सिट जितेको थियो भने गान्धीको कंग्रेसले केवल ४४ सिट जितेको थियो।

४) जनमत कसको पक्षमा

यसपटक मोदीको टक्कर विपक्षी कंग्रेस नेता राहुल गान्धीसँग भइरहेको छ। केही महिना अगाडिसम्म मोदी तथा उनको दल भाजपाले चुनाव सहजै जित्ने ठानिन्थ्यो तर डिसेम्बरमा भएका केही महत्तवपूर्ण क्षेत्रीय चुनावहरूबाट प्रतिस्पर्धा कडा हुने सङ्केत देखा परेका छन्।

मोदीले फेरि सामान्य बहुमत जित्लान् या नजित्लान् भन्नेबारे विश्लेषकहरूको मत बाझिएका छन्। हालसालै पाकिस्तानसँग चर्किएको तनावले भने भाजपालाई चुनाव प्रचारमा सघाउ पुग्ने मुद्दा मिलेको थियो।

५) मोदीको जनमत सङ्ग्रह

यसपालीको निर्वाचन मोदीका लागि जनमत सङ्ग्रह सरह हुने ठानिएको छ। मोदीलाई भारतमा जनमत ध्रुवीकृत पार्ने नेताको रूपमा हेरिन्छ। जसलाई कैयौँले मन पराउँछन्। कतिपयले चाहिँ उनले भारतका बहुसङ्ख्यक हिन्दू तथा २० करोड मुसलमानबीच विभाजन उक्साउने गरेको आरोप लगाउँछन्।

देशभक्तिको मुद्दा केन्द्रमा रहेकाले आफूले शक्तिशाली क्षेत्रीय दल तथा कंग्रेसको चुनौतीबाट पार पाउने भाजपाको आशा छ।

सम्बन्धित समाचार 

भारतमा लोकसभा चुनाव सुरु : ९० करोडले मतदान गर्ने
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।