काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह चढेको गाडीको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ । पूर्वराजा शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको गाडीको ठक्करबाट मोरङ सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो।
ज्ञानेन्द्रलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको थियो।
ठक्करबाट मोटरसाइकलपछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय,मोरङका डीएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४