बुधबार, साउन २०, २०८३

स्कुटर दुर्घटनामा सङ्गीतकार थुलुङ राईको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कास्की- दुई दशकदेखि पोखरालाई कर्मक्षेत्र बनाउँदै आएका  सङ्गीतकर्मी थुलुङ राईको दुर्घटनामा परी निधन भएको छ ।

बुधवार राति करीब साढे ९ बजे पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवीमा श्रीमतीसहित उहाँ सवार ग १२ प ६७९ नंको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि थुलुङ सेती नहरमा खसेको र साढे १० बजे पोखरा–१३ स्थित दुईकुलाको मुहानबाट वडा प्रहरी कार्यालय रामबजारको टोलीले उद्धार गरेको थियो ।   

प्रहरीले उनलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याए पनि  चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । स्कुटरमा सँगै रहनुभएकी उनकी श्रीमती भने सकुशल छिन् । 

५० वर्षीय थुलुङको निधनपछि पोखरेली सङ्गीतकर्मी शोकमा छन् । थुलुङले तराना म्युजिक सेन्टर नामक सङ्गीत प्रशिक्षण केन्द्र सञ्चालन गरेका थिए ।  रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।