बुधबार, साउन २०, २०८३

सुप विश्वविद्यालयमा तालाबन्दी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ। नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले बुधबार विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन्।

विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको जनाएको छ। तीन महिनादेखि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाएर एकै विश्वविद्यालयमा दुई जना उपकुलपति नियुक्ति गरेकाले तालाबन्दीमा उत्रनु परेको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय समितिका संयोजक कैलास चन्दले बताए।

’विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठको पदावधि छदाछँदै प्राध्यापक डा. पूर्णबहादुर चन्दलाई निमित्त उपकुलपति तोकेपछि आन्दोलनमा उत्रिएका हौँ’, भनेले भने, ‘विश्वविद्यालयको स्वायत्तता र ऐन नियमको अवमूल्यन गरिएको छ। यसका विरुद्ध हाम्रो आन्दोलन हो।’

निर्णय नसच्याउँदासम्म तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम जारी रहने नेविसंघले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।