बुधबार, साउन २०, २०८३

विप्लवका पोलिटव्यूरो सदस्य वली थुनामुक्त नहुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य हेमन्त प्रकाश वलीलाई सर्वोच्चले रिहा गर्न अस्वीकार गरेको छ।

चैत ७ गते पक्राउ परेका वलीलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै छोरी विपनाले गत चैत १३ गते सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट बुधबार न्यायाधीशहरु अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले खारेज गरिदिएपछि उनी तत्काल थुनामुक्त नहुने भएका हुन्।

वलीमाथि प्रहरीले संगठित अपराध, राज्यविरुद्धको अपराध, हातहतियार तथा वम विस्फोट र ज्यानमार्ने उद्दोग गरी चारवटा आरोपमा थुनामा राखेर अनुसन्धान गरिरहेको छ। नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम आक्रमणको सञ्चार माध्यममार्फत जिम्मा लिएका वलीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो।

सर्वोच्चले रिट खारेज गरेपछि वलीलाई थुनामा नै राखेर घटनाको अनुसन्धान गर्न पाउने बाटो खुलेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।