बुधबार, साउन २०, २०८३

नेता नेपाल डिस्चार्ज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट घर फिर्ता भएका छन्।

ज्वरो र खोकीले अस्वस्थ्य भएका उनी अवस्था सामान्य भएपछि बुधबार घर फर्केका उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। पूर्वप्रधानमन्त्री नेपाल गत आइबार ज्वरो र खोकी आएपछि अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।

दैनिक कार्यक्रममा जाँदा दौडधुप बढी भएकाले उनलाई ज्वरोसँगै खोकी लागेको थियो। त्रिविका चिकित्सक डा सन्तकुमार दास, डा निरज बम र डा सविन थपलियाको टोलीले उनको स्वास्थ्योपचार गरेको थियो।

चिकित्सकले नेता नेपाललाई एक हप्तासम्म आराम गर्न सुझाव दिएका छन्। चिकित्सकको सुझावअनुसार एक हप्तासम्म भेटघाटका कार्यक्रम बन्द गरिएको गौतमले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।