बुधबार, साउन २०, २०८३

आठौँ खेलकूदलाई गर्मीको चुनौती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पश्चिम तराईमा गर्मी शुरु भइसकेको छ । यहीबेला राष्ट्रिय खेलकूद परिषद्ले प्रदेश नं. ५ मा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्दैछ । जब तराईमा गर्मी शुरु भयो तब प्रतियोगिता आयोजना गरिएको छ । तराईमा दिनप्रतिदिन गर्मी बढिरहेको छ । 

राखेपले त्यही गर्मीमा प्रतियोगिता किन आयोजना गर्दैछ भन्ने चर्चा शुरु भएको छ । विशेषगरी बाँके, बर्दिया र दाङमा देशकै बसै भन्दा बढी गर्मी हुने क्षेत्रका रुपमा चिनिन्छन् । 

‘गर्मीले गर्दा खेलाडी प्रतियोगितामा सहभागी हुन चासो देखाउँदैनन् । गर्मीले अभ्यास गर्न कठिनाइ हुने त भइहाल्यो, त्यो भन्दा पनि खेलस्थलमा हुने अत्याधिक गर्मीको बेला राष्ट्रिय प्रतियोगिता गरिएको छ । यसले खेलाडीलाई निकै चुनौती छ’, सातौँ राष्ट्रिय खेलकुदकी एथलेटिक्समा स्वर्ण पदक विजेता विश्वरुपा बुढाले भनिन् । 

प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि ठूलो अवसर रहेकाले गर्मीसँग जुधेरै भए पनि खेलमा सफलता हासिल गर्नुपर्ने उनको भनाइछ । खेलाडीका लागि प्रतियोगिता हुनु ठूलो कुरा हो, घाम, पानी, चिसो जस्तोसुकै मौसममा पनि खेल्न सक्नुपर्छ । 

तर, ती खेलाडीले गर्मीका कारण आफ्नो सोचे अनुसारको प्रदर्शन गर्न नसक्नुले खेलाडीको खेल जिवनमा असर पार्छ या पार्दै ? त्यसको खोजी हुन जरुरी छ । एथलेटिक्सका प्रशिक्षक चन्द्रबहादुर गुरुङले गर्मीले प्रतियोगितामा चुनौती आउने तर असर नपर्ने बताए । 

‘गर्मीमा केही चुनौती आउन सक्छन्, तर गर्मीले असर नै गर्छ भन्ने होइन’, एथलेटिक्स प्रशिक्षक गुरुङले भने । तर, खेलाडीले ३३ डिग्रीको तापक्रममा पुरानो रेकर्डलाई ब्रेक गर्दै नयाँ रेकर्ड कायम गर्न सक्लान? 

प्रतियोगितामा दुई हजार ८२५ पुरुष र दुई हजार ३८६ महिला गरी पाँच हजार २११ खेलाडीबीच रोमाञ्चक प्रतिष्पर्धा हुनेछ । सो खेलकूद भव्य रुपमा सफल बनाउन ६४० प्रशिक्षक र ४६१ टिम व्यवस्थापकलाई भ्याइनभ्याई छ । खेलकूदका लागि ९२२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र ४७१ स्थानीय निर्णायक छनोट भइसकेका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ काश्यका लागि प्रतिष्पर्धा गर्नेछन् ।

व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामूहिकतर्फको विजेताले सात हजार पाउनेछन् भने राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार पाउनेछन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते उद्घाटन र वैशाख ११ गते समापन हुनेछ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।