बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘जिजुबुबाले दिएका शितलनिवासले राष्ट्रपतिलाई पुगेन’

‘जिजुबुबाले दिएका शितलनिवासले राष्ट्रपतिलाई पुगेन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ– राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशम्सेर राणाले आफ्ना जिजुबुबाले दिएको शितलनिवासले नपुगेर राष्ट्रपतिले प्रहरी तालिम केन्द्र भात्काउन लागेको आरोप लगाएका छन्। सो पार्टी निर्वाचन आयोगमा विधिवत दर्ता भएको अवसरमा बुधबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन्।
 
‘मेरा जिजुबुबाले दिएको शितलनिवासले नपुगेर राष्ट्रपतिका लागि प्रहरी तालिम केन्द्र भत्काईदैछ’ राणाले भने। उनले आफुले संविधान जारी गर्ने बेलामा आफुहरु गणतन्त्रको पक्षमा गएको भएपनि पछिल्ला गतिविधिले सोचे जस्तो नभएको बताए।
 
राष्ट्रपतिको भूमिका दलको कार्यकर्ता जस्तो भएकोले पार्टीले राजसंस्था पुनर्स्थापनाको प्रस्ताव गरेको बताए। पार्टी निर्वाचन आयोगमा विधिवत दर्ता भएको जानकारी दिदै बिचार मिल्ने दलसँग एकता गर्न समेत तयार भएको राणाले बताए। उनले त्यसका लागि राप्रपा संयुक्तको चुनाव चिन्ह हलो स्वीकार गर्नुपर्ने बताए। राप्रपाले हालै गरेको प्रदर्शनमा प्रहरी हस्ताक्षेप भएको भन्दै उनले त्यसको भर्त्सना गरे।

राष्ट्रपतिलाई १६ लाखको हेलिकप्टर किन्नेदेखि दशैंमा सर्वसाधारणलाई घुँडा टेकाएर टीका लगाउने प्रवृतिले देशमा राजनीतिक दलभन्दा माथि उठेको संस्थाको अपरिहार्यता बढ्दै गएको राणाले दाबी गरे।

नेपालमा राजसंस्था फर्काउन जनमतसंग्रह वा आन्दोलनलगायत संविधान भित्रकै बाटो प्रयोग हुने उनले बताए। गाउँगाउँमा सिंहदरवार भन्ने नाराले गाउँमा भ्रष्टाचार संस्थागत भएको उनले बताए।

वर्तमान सरकार कानून र संविधान मान्नेमा आफ्नो पार्टी शशंकित भएको राणाले बताए। उनले गृहमन्त्रालयले नागरिकता सम्बन्धि व्यवस्थाका लागि तल्ला निकायमा अलगै पत्राचार गरेर संसदको अपमान गरेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।