बुधबार, साउन २०, २०८३

सरकारी जग्गा हिनामिना गरेको छैन : महासचिव पौडेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेकपाका महासचिव बिष्णुप्रसाद पौडेलले जग्गा हिनामिनामा आफ्नो र परिवारको संलग्नता नरहेको  बताएका छन्।

सञ्चार माध्यमहरुमा आफुलाई जोडेर व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले सरकारी स्वामित्वमा रहेको बालुवाटारस्थित ललितानिवास परिसरमा ८ आना जग्गा खरिद गरेको पाइएको समाचार सार्वजनिक भएपछि पौडेलले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेका हुन्।  

सञ्चार माध्यममा पौडेलका छोरा नवीनको नाममा ललितानिवास परिसरको जग्गा रहेको समाचार सार्वजनिक भएको छ। आफूले कानुनबमोजिम दस्तुर बुझाएर मालपोत कार्यालयबाट खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन पास गरी किनेकोले सञ्चारमाध्यममा आएका समाचारका आधारमा भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका छन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।