बुधबार, साउन २०, २०८३

डाक्टरले लगाएकाे ताला प्रहरीले तोड्याे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काडमाडौं - सरकारी डाक्टरले वीर अस्पतालमा लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको छ। प्रहरीले ताला खुलाए पनि डाक्टरले बिरामीको स्वास्थ्य परीक्षण भने गरेका छैनन्।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले डाक्टरले आफ्नो कार्यकक्षभन्दा बाहिर बिरामी जाँचिरहेको बताएका छन्। उनले भने, ‘अस्पताल प्रशासनकै पहलमा ताला खुलाइएको हो। अहिले बाहिरै बिरामी जाँच्ने काम भइरहेको छ।’

डाक्टरहरुले बिरामी जाँच्न थाले पनि अत्यावश्यक बाहेकका अपरेसनको काम भने गरेका छैनन्। यसबाट अपरेसनका लागि पालो कुरिरहेका बिरामी अलपत्र परेका छन्।

सबै सरकारी डाक्टरहरुलाई केन्द्रमा समायोजन गर्न माग गर्दै सरकारी डाक्टरहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेको पाँच दिन बितिसकेको छ।

ताला ताेडेपनि डाक्टरले विराेध स्वरुप वीर अस्पताल परिसर वाहिरै बिरामी चेकजाँच गर्न थालेका छन्।







प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।