बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मानव तस्करीको आरोपमा एनआरएन श्रेष्ठ जर्मनीमा पक्राउ

मानव तस्करीको आरोपमा एनआरएन श्रेष्ठ जर्मनीमा पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य छत्र श्रेष्ठ मानव तस्करीको आरोपमा जर्मनीमा पक्राउ परेका छन्। उनलाई जर्मनीको डोर्टमुन्ड नर्देन वेस्टफाल एनआरडब्लु स्टेट प्रहरीले पक्राउ गरेको हो।

स्याङ्जा घर भएका श्रेष्ठ लामो समयदेखि जर्मन प्रहरीको निगरानीमा थिए। सन् २००१ मा गैरकानुनी रुपमा युरोप छिरेका श्रेष्ठका जर्मनी र इटालीमा आधा दर्जन व्यवसाय छन्। दुवै मुलुकमा एसियन रेस्टुरेन्ट खोलेका श्रेष्ठले १७६ जना नेपालीलाई गैरकानुनी रुपमा स्पेन, पोर्चुगल र इटालीमा पठाएको आरोप जर्मन प्रहरीले लगाएको छ।

रेस्टुरेन्टका नेपाली कामदारको श्रम शोषण गरेको र तलब नदिएको उजुरी श्रेष्ठविरुद्ध परेको छ। डोर्टमुन्ड प्रहरीले श्रेष्ठलाई उनका परिवार र नेपाली समुदायलाई भेट्न दिएको छैन।

एनआरएनको नीति निर्माण गर्ने उपल्लो निकाय अन्तर्राष्ट्रिय समन्वय परिषद्कै नाममा एक हजार बढी व्यक्तिलाई युरोप छिराएको खुलेको छ। आइसिसी सदस्य  श्रेष्ठसँगै एनआरएन उच्च अधिकारीको संलग्नतामा युरोपमा मानव तस्करी  भएको र आफू पनि अनुसन्धानमा तानिन सक्ने भन्दै एनआरएनको उपल्लो निकायमा खैलाबैला मच्चिएको छ।

युरोप सेन्जेन कन्ट्रीको कानुनअनुसार कुनै अभियोग लागेका व्यक्तिसँगको संलग्नता भएका व्यक्ति अन्य मुलुकमा रहे पनि तत्काल पक्राउ गरी अनुसन्धान गर्न सक्ने व्यवस्था छ। श्रेष्ठ पक्राउपछि एनआरएनका पूर्व तथा बहालवाला उच्च अधिकारी जर्मनीलगायत युरोपमा व्यवसाय गरिरहेकाले कुनै पनि बेला पक्राउ पर्न सक्छन्। यस्तो आरोपमा अन्य व्यक्ति पनि पक्राउ पर्न सक्ने भन्दै एनआरएन समुदाय सचेत भएको छ।

एनआरएनमाथि मानव तस्करी, कर छली र वित्तीय संस्थामा भ्रष्टाचार गर्न उक्साएको आरोप लाग्दै आएको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।