बुधबार, साउन २०, २०८३

केन्द्र र प्रदेशको जुधाइले हावाहुरी पीडित थप मारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- भीषण हावाहुरीका कारण घरबारविहीन भएका बारा र पर्साका प्रभावितहरुको मंगलबार आएको वर्षापछि थप विजोग भएको छ । 

हावाहुरीको कहरपछि आ–आफ्ना घर गुमाइसकेकाहरु अहिले सेनाले लगाइ दिएको टेन्टमा बस्दै आइरहेका छन् । तर वर्षापछि टेन्टभित्रै पानी छिरेपछि उनीहरु समस्यामा परेका हुन् । चर्को गर्मी र बेलाबेला वर्षाको सामना गरिरहेका उनीहरुको स्थायी बसोवासको व्यवस्था गर्नतर्फ सरकारले अझै चासो देखाउन सकेको छैन् । बारा र पर्साका चक्रवात प्रभावितहरुका लागि पुननिर्माण कार्य अगाडी बढ्न नसकेपछि पीडितहरु कठिनाइको सामना गर्न बाध्य भएका छन् ।

२० चैतमा प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले हावाहुरीबाट पूर्ण रुपमा क्षति भएकाहरुको घर प्रदेश सरकारले निर्माण गरिदिने घोषणा गरे । प्रदेशसभामा बोल्दै मन्त्री यादवले वर्षा सुरुहुनु अगाबै प्रभावितहरुका लागि प्रदेश सरकारले शौचालयसहितको ४ कोठे घर बनाउने घोषणा गरेका थिए । कानूनमन्त्री यादवले प्रदेशसभामा घोषणा गर्नुपूर्व उनकै नेतृत्वको उच्चस्तरीय राहत तथा उद्धारसमितिले यस्तो निर्णय गरेको थियो ।

त्यसको भोलिपल्ट बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले बारा र पर्साका हावाहुरी प्रभावितका लागि घर बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय ग¥यो । यसअघि त्यसै दिन बिहान प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित सातै प्रदेशको मुख्यमन्त्रीसँग प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा भेटघाट गरेका थिए । र, मुख्यमन्त्रीहरुसँग भएको बैठकमा बारा र पर्साका प्रभावित क्षेत्रमा संघीय सरकारले घर बनाउनेमा सहमति जुटेको थियो ।
 
संघ र प्रदेश सरकार दुबैले हावाहुरी प्रभावितहरुका लागि छुट्टाछुट्टै घर पुर्ननिर्माणको घोषणा गरेपनि प्रक्रिया भने अगाडी बढ्न सकेको छैन् । आफैले प्रदेशसभा बैठकमा पुनर्निर्माणको घोषणा गरेपनि संघीय सरकारको निर्णयपछि प्रदेश सरकार कुरेर बसेको छ ।

प्रदेश २ का कानूनमन्त्री यादवले पूर्ननिर्माणका लागि आफूहरु तयार अवस्थामा रहेपनि संघीय सरकारको घोषणापछि अगाडी बढ्न नसकेको बताए । ‘घरबारविहीन भएकाहरुको स्थायी बासको लागि हामीले डिजाइन र स्टिमेट तयार गरिसकेका छैँ,’ नेपाल समयसँगको कुराकानीमा उनले भने,‘संघीय सरकारले पूर्ननिर्माणको जिम्मा सेनालाई दिएपछि ढिलाइ भएको छ ।’

पूर्ननिर्माणतर्फ संघीय सरकारले तदारुकता नदेखाउँदा आफूहरु अलमलमा पर्नुका साथै घरबारविहीन भएकाहरु थप समस्यामा परेको उनको भनाइ छ । ‘पूननिर्माणका लागि हामी संघीय सरकारसँग समन्वय र सहकार्य गर्न तयार छौँ,’ मन्त्री यादव भन्छन्,‘मुख्यमन्त्रीज्यूले पनि पटक पटक प्रधानमन्त्रीसँग फोनमा कुरा गर्नु भएको छ । तर उहाँले खासै ध्यान दिएजस्तो लागेको छैन् ।’

आफूहरु पूर्ननिर्माणका लागि तयार अवस्थामा रहेपनि संघीय सरकारले राजनीति गर्न खोजेको यादवको आरोप छ । ‘पीडितहरुको पूनर्निर्माणमा संघीय सरकारले राजनीति गर्न खोजेको छ,’ मन्त्री यादवले भने,‘कुनै बहानामा पीडितहरुलाई थप समस्या दिनु हुँदैन् ।’

बारा र पर्सामा पूनर्निर्माणको घोषणा गरेको संघीय सरकारले तत्काल घरको डिजाइन र स्टिमेट गरी अगाडी बढ्नुपर्ने यादवले बताए ।

हावाहुरीबाट बारामा ९ सय ५८ परिवारको घर पूर्णरुपले र ९ सय २२ आंशिक रुपले क्षतिग्रस्त भएको छ । यस्तै पर्सामा १ सय २२ र ३ सय ८७ घर आंशिक रुपले क्षतिग्रस्त भएको प्रदेश सरकारको तथ्यांक रहेको छ ।

मुख्यमन्त्री राहत कोषमा १ करोड २१ लाख

बारा र पर्सामा हावाहुरी प्रभावितहरुका राहतलगायतका लागि स्थापना गरिएको मुख्यमन्त्री राहत कोषमा हालसम्म १ करोड भन्दा बढी रकम जम्मा भएको छ । 
मंगलबारसम्म कोषमा १ करोड २१ लाख ४४ हजार ७ सय ६५ रुपैयाँ जम्मा भएको कानूनमन्त्री यादवले जनाए । उनले विभित्र संघसंस्थामार्फत प्राप्त भएको आर्थिक सहयोगबाट मुख्यमन्त्री राहत कोषमा यति परिणामको रकम जम्मा भएको बताए । 
यसैगरी विभित्र प्रदेश सरकारले सहयोगको लागि घोषणा गरेको रकम यस महिनाको अन्त्यसम्म जम्मा हुने उनले जानकारी दिए । प्रदेश १, प्रदेश ३, प्रदेश ५, कर्णाली प्रदेशले प्रदेश २ को सरकारलाई १÷१ करोड आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । अहिलेसम्म आएको आश्वासनअनुसार कोषमा ५० करोडसम्म रकम जम्मा हुने सम्भावना रहेको मन्त्री यादवको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।