बुधबार, साउन २०, २०८३

सुरू भयो बिस्केट जात्रा, राति रथ तान्न नपाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भक्तपुर- देशकै सबैभन्दा ठुलो र प्रमुख जात्रा मानिने बिस्केट जात्रा आज बुधबारबाट सुरू भएको छ । बिस्केट (बिस्का) जात्रा चैत शुक्ल मसान्तको ४ दिन अघिबाट सुरू हुन्छ । सोहि परम्पराअनुसार यस वर्षको जात्रा आजबाट सुरू भएको हो । 

८ रात नौ दिने लामो बिस्का जात्राको पहिलो दिनलाई आज ‘द्यो क्वह विज्याइज्यू’ अर्थात भग्वान् आफ्नो  बासस्थान (मन्दिर) बाट स्थानीयको घरआँगनमा सवारी हुने दिन मानिन्छ । भक्तपुरको पन्च तल्ले मन्दिर अगाडि चार पांङग्रो ठुलो ‘भैलख’ अर्थात भैरवको रथ राखिएको हुन्छ । रथलाई सरकारी तवरबाट पुजाविधि गरिएपछि भैरवलाई रथमा रथारोहण गरिने संस्कृतविद् ओम धौभडेलले जानकारी दिए । 

भैरवको रथ भन्दा केही सानो रथ अर्को भद्रकालीको रथलाई तौमढीबाट तानेर नासमना ( पोट्री स्क्वायर नजिकै) लगिन्छ । भद्रकालीको वासस्थान नासमना भएको कारण, नामसनाबाट भद्रकालीलाई लिन गएको मानिन्छ ।
 
त्यस पछि, भैरवको रथ अघिल्लो पट्टि ५ वटा डोरी र पछिल्लो पट्टि  ४ वटा डोरीले तानिन्छ ।  पन्च तल्ले मन्दिरबाट तल तौमढी लाने वा माथि सुकुढोका पट्टि लाने, त्यो भने तल र माथि विभाजन भएका स्थानिय वासिन्दा तानातान भर पर्छन् ।
  
रथलाई तल वा माथि लाने बेला तानिने प्रक्रिया बिस्काको सबैभन्दा रमाइलो पक्ष हो । रथ तल्लो टोलमा तान्न सफल भए तौमढीमा लगिन्छ भने माथिले टोली तान्न सफल भए सुकुढोकाबाट रथ लगिन्छ । यसपछि रथलाई घुमाएर दहहिटीसम्म लगिन्छ । दहहिटीमा रथलाई  स्थापना गरेपछि, पहिलो दिनको जात्रा सकिन्छ । 

बिस्का जात्रा अप्रभंश भई बिस्केट जात्रा भएको संस्कृतिविद्हरु बताउँछन् । मल्ल काल चैत शुक्ल मसान्त र नव वर्ष गरी २ दुई दिन मात्र हुने गरेको बिस्का जात्रा, मल्ल कालका अन्तिम राजा रणजीत मल्लको समयमा आएर ८ रात ९ दिनको हुन थालेको  जानकारहरू बताउँछन् ।
  
विगतका वर्षमा, जात्रा साँझको समयमा सुरू हुने गरेको थियो । जसका कारण, मुडभेड र सुरक्षा चुनौति बढि देखिदै आएको थियो । यस वर्षबाट भक्तपुर नगरपालिकाले दिउँसो २ बजे सुरू गरेर बेलुका ६ बजे भित्र सक्ने व्यवस्था गरेको छ । जसबाट सम्भावित दुर्घटना तथा मुडभेडमा कमीको अपेक्षा गरिएको छ ।   
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।