बुधबार, साउन २०, २०८३

आज रातिदेखि सीमा बन्द हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भीमदत्तनगर – भारतमा हुने लोकसभा निर्वाचनका लागि नेपाल–भारतका सीमा नाका आज रातिबाट बन्द हुँदैछन्। यही चैत २८ गते भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर कञ्चनपुरको गड्डाचौकी नाका आज राति १० बजेदेखि ४८ घण्टाका लागि बन्द हुने इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक पदम बुढामगरले जानकारी दिए।
    
साता दिनअघि भारतमा सम्पन्न बैठकमा दुई देशका अधिकारीबीच तीन दिन सीमा नाका बन्द गर्ने सहमति भएको थियो। भारतको उत्तराखण्ड प्रदेशमा पहिलो चरणमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द हुन लागेको हो।
    
निर्वाचनलाई मध्यनजर गर्दै कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टालगायतका सीमा नाका २६ चैतको राति १० बजेदेखि २८ गते बेलुका ८ बजेसम्म बन्द हुनेछन्। सीमा नाका बन्दसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। बिरामी, एम्बुलेन्सलगायत आकस्मिक आवतजावतका लागि दुवै देशका अधिकारीबीच समन्वय गरेर समस्या समाधान गरिने प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।