काठमाडौं- आज चैत २६ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई अपमान गरेको गुनासो गरेका छन्। जनआन्दोलन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टीभित्रको विभाग गठनमासमेत भागबन्डा हुने गरेको बताउँदै त्यसमा पनि आफूलाई अपमान गर्ने काम भएको गुनासो गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। मंगलबार अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको आकस्मिक बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
लिबियाको त्रिपोलीमा सरकारी सेना र विद्रोहीबीच भइरहेको भिडन्तमा नेपाली शान्ति सेना सुरक्षित रहेको नेपाल आर्मीले जनाएको छ। नेपाल आर्मीले एक विज्ञप्ति जारी गर्दै लिबियामा शान्ति मिसनमा खटिएका सबै नेपाली सैनिक सुरक्षित रहेको जानकारी दिएको हो। लिबियामा २ सय ३१ जना नेपाली शान्ती सेना कार्यरत छन्। त्रिपोलीमा भइरहेको भिडन्तमा सयौंको ज्यान गइसकेको छ।
जन्मको आधारमा नागरिकता पाएकाको सन्तानलाई वंशजको आधारमा नागरिकता नदिन सर्वोच्चले दिएको आदेशप्रति राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आपत्ति जनाएको छ। नागरिकता पाउन रोक लगाउने निर्णय गरेर राज्यविहीनताको अवस्था सिर्जना गर्न खोजिएको भन्दै राजपा नेपालले सर्वोच्चको पछिल्लो आदेशको विरोध गरेको हो।
ट्याक्सी चालकहरूले मौन आन्दोलनको संज्ञा दिदै आएको आन्दोलनलाई यातायात विभागले कारवाहीको दायरमा ल्याउन आदेश दिएको छ। ट्याक्सीको पछाडि राखिएका पम्प्लेटहरूको दुरूप्रयोग भएको दाबी गर्दै विभागले उक्त आदेश दिएको हो।
सर्वोच्च अदालतले तीन महिनाभित्र एनसेलबाट लाभकर असूल उपर गराउन आदेश दिएको छ। मंगलबार फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै अदालतले करको दायित्व निर्वाह नगरेसम्म लाभांश वितरण तथा शेयर विक्री अनुमति रोक्नसमेत आदेश जारी गरेको छ।
दोस्रो चरणको ओलम्पिक छनोटमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सुखद अन्त्य गरेको छ । मंगबार भएको खेलमा नयाँ प्रतिद्वन्द्वी राष्ट्र इन्डोनेसियालाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद अन्त्य गरेको हो ।
ट्रक र मोटरसाइलक एक आपसमा ठोकिएर दुर्घटना हुँदा सिरहामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गस्थित सिरहाको लहान नगरपालिका–१३ भोटिया नजिक ना ३ ख ७७७४ नम्बरको ट्रक र स १ प ७३७८ नम्बरको मोटरसाइलक एक आपसमा ठोकिँदा दुर्घटना भएको बताइएको छ।
'कुपुत्रो जायते, क्वचिदपि कुमाता नः भवति।'
यो नीति वचनको अर्थ हो, सन्तान खराब हुन सक्छन् तर आमा कहिल्यै पनि खराब हुन्नन्। यतिबेला यो नीति वचनलाई पूर्वसांसद गायत्री साहले उपहास गरिदिएकी छन्, आफ्नै कोखबाट जन्मिएको सन्तान लिन नमानेर। उनको यो व्यवहारले आमाको ममतालाई नै गिज्याइरहेको छ।
हरेक दिन साँझ परेपछि थिमि नुगु पुखु: अर्थात् दुई पोखरी क्षेत्रमा स्थानीय बासिन्दाको चहलपहल र रौनक थपिन्छ। हरेक दिन साँझ ६ बजे घरभित्र छिरेकाहरु पनि विस्तारै बाहिर निस्कँदै नुगु पुखुतर्फ आउँछन्।
जनताको जलविद्युत्मा समावेश गरिएको दुई जलविद्युत् कम्पनीको साधारण शेयर आगामी वैशाख ६ गतेदेखि बिक्री हुने भएको छ। चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले रु १ अर्ब ५४ करोड बढीको साधारण शेयर बिक्री गर्न लागेको हो।
राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक पार्टी कार्यालय बबरमहलमा बसिरहेको छ।
राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सनवित्रा भण्डारी, रेणुका नगरकोटी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टोलीका नियमित खेलाडी समेत रहेका भण्डारी, नगरकोटी र बस्नेतले भारतको चर्चित फुटबल लिग हिरो इन्डियन महिला लिग खेल्ने भएका हुन् ।
सर्वोच्चको आदेशविरुद्ध तराईका केही स्थानमा प्रदर्शन गरिएको छ। जन्मको आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्न गृह मन्त्रालयले गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल पनि आन्दोलनमा उत्रिएको छ।
जंगल क्षेत्र कैलालीको गोदावरीमा प्रदेश राजधानी तोक्ने निर्णय गरेर आलोचित बनेको सुदूरपश्चिम प्रदेश सरकारले चुरे क्षेत्र संकटमा पार्ने गरी नयाँ सडक योजना निर्माण गर्ने काम अघि बढाएको छ।
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन्। ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन्।
कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टी केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने बताएका छन्। लमजुङको बेसीसहरमा मंगलबार पत्रकार सम्मेलनमा उनले भने, ‘केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्छ।’
मिथिलाञ्चलमा चैते छठ धुमधामका साथ मनाइँदै छ। यस वर्षको चैते छठ मंगलबारदेखि विधिवत् सुरु भएको छ।
सभामुख कृष्णबहादुर महरा र पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद आइसरबीच शिष्टाचार भेटवार्ता भएको छ। अन्तर व्यवस्थापिका संघ (आइपियू) को १४० औं सभामा सहभागी हुन कतार आएका पाकिस्तानका सभामुखसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता भएको हो।
नेकपाको एकीकरण ढिलाइसँगै सो पार्टीभित्र नयाँनयाँ घटनाक्रम विकसित भएको छ। कुनै बेला अध्यक्ष प्रचण्डको छातामुनि रहेका नेताहरू पछिल्लो गतिविधिप्रति सशंकित हुन थालेका छन् ।
गत मंगलबार राति डोल्पा कारागारको पर्खाल भत्किँदा कारागार प्रशासनलाई सुरक्षा चुनौती थपियो । तर कैदीबन्दीलाई भने भवन भत्किएर मरिएला भन्ने त्रासले सतायो । कैदीबन्दी रातभर जाग्राम बसे । वर्षाका कारण पर्खाल भत्किएको थियो । पानी रोकिएपछि उनीहरू त्यहीँ सुते ।
सुदूरपश्चिमको पहाडी क्षेत्रमा भूकम्पको धक्का धक्का महसुुस गरिएको छ ।
अछाममा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धका कार्यक्रम सार्वजनिक गरेको छ । उसले आफूहरुमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा नगरे बैशाख ६ गतेबाट ओली जहाँ जान्छन् त्यहि बन्द गर्ने घोषणा गरेको छ।
औद्योगिक करिडोरमा समेत विद्युत्भार कटौतीको अन्त्य भइसकेको अवस्थामा उद्योगलाई समेत समयानुकूल विद्युत् महसुल दर लागू गर्ने तयारी गरिएको छ ।
अर्जेन्टिनी तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी ला लिगाको इतिहासमा सर्वाधिक ‘प्लेयर अफ दि मन्थ’ को उपाधि जित्ने दोस्रो खेलाडी बनेका छन् ।
विनाशकारी भूकम्पले सिन्धुपाल्चोकको माझी बस्ती ध्वस्त पार्यो। धेरै माझी घरबारविहीन भए। भूकम्पले घरमात्रै ढालेन, माझीका रहर र सपना पनि गल्र्यामगुर्लुम ढल्यो । सुन्दर बस्ती निमेषभरमै भग्नावशेषमा परिणत भयो । त्यसपछि माझीहरू निकै दुःखी बने। कसरी घर बनाउने, कसरी बालबच्चा पढाउने, कसरी परिवार पाल्ने भन्ने पिरलोले पेल्न थाल्यो उनीहरूलाई। सोही समयमा माझी बस्तीमा पसिन् नायिका श्वेता खड्का। उनी माझीका घाउमा मलम लगाउन पुगेकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४