बुधबार, साउन २०, २०८३

राप्रपाले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। मंगलबार अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको आकस्मिक बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

बैठकमा नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुर्नस्थापना, राजा सहितको लोक तन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे राष्ट्रिय जनमतसंग्रह, भ्रष्टाचार अन्त्य, बेरोजगारी समस्याको समाधान, मूल्यबृद्धि नियन्त्रण लगायतका २२ बुँदे माग पुरा गराउन दबाब दिने उदेश्यले थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताइएको छ। बैठकमा पहिलो चरणको आन्दोलनको समिक्षा गर्दै दोस्रो चरणको आन्दोलन थप प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो।

बैठकले चैत २८ सम्पूर्ण स्थानीय तहको केन्द्रमा एक घण्टा धर्ना र प्रदर्शन गर्ने, ४ र ५ गते पार्टीद्वारा नेपाल सरकार समक्ष प्रस्तुत २२ बुँदे मागका सम्बन्धमा घरदैलो गर्ने निर्णय गरेको छ। यस्तै बैशाख ६ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्म निरपेक्ष अंकित व्यानर/प्लेकार्ड जलाउने र प्रदर्शन गर्ने, बैशाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा १२ देखि २ बजेसम्मे सत्याग्रह गर्ने निर्णय बैठकले गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।