काठमाडौं - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई अपमान गरेको गुनासो गरेका छन्। जनआन्दोलन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टीभित्रको विभाग गठनमासमेत भागबन्डा हुने गरेको बताउँदै त्यसमा पनि आफूलाई अपमान गर्ने काम भएको गुनासो गरे।
उनले संवैधानिक आयोगहरुको नियुक्तिमा सरकारले संविधान र कानुन मिच्दा पनि त्यसको विरोधमा सभापति देउवाले बोल्न नसकेको भन्दै चर्को आलोचना गरे। कांग्रेसभित्र लुछाचुँडी रहेको भन्दै उनले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको बताए। एउटा सैद्धान्तिक गन्तब्यमा पार्टी हिँडाउन नसकिएको भन्दै उनले पार्टी सभापतिलाई लक्षित गर्दै भने, ‘आफैंभित्र र कार्यकर्तासँग बोल्न नसक्नेले कम्युनिस्टसँग लड्न सक्छ?’
इमान्दार, सक्षम व्यक्तिहरुलाई किनारामा राखेर आफ्नो पकेटका मान्छेलाई जिम्मेवारी दिने काम पार्टी नेतृत्वले गरेपछि पार्टीभित्र कसरी एकता हुन्छ भन्दै प्रश्न गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४