काठमाडौं – ट्याक्सी चालकहरूले मौन आन्दोलनको संज्ञा दिदै आएको आन्दोलनलाई यातायात विभागले कारवाहीको दायरमा ल्याउन आदेश दिएको छ। ट्याक्सीको पछाडि राखिएका पम्प्लेटहरूको दुरूप्रयोग भएको दाबी गर्दै विभागले उक्त आदेश दिएको हो।
विभागले इमोसनल ब्लयाक मेल गर्ने र भाडा बढी असुल्ने प्रवृति रहेको आरोप लगाएको छ। विभागको निर्देशन पछि ट्याक्सीमा टासिएका त्यस्ता पर्चा हटाउन निर्देशन दिइएको ट्रफ्रिक प्रहरीका प्रवक्ता बसन्त पन्तले जानकारी दिए।
उता उपत्यका ट्याक्सी व्यावसायी संघका महासचिव पूर्ण तामाङ्गले लोकतन्त्रमा लोकतान्त्रिक अभ्यासलाई सरकाले हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्। मौन र शान्त रूपमा गरिएको यस अभियानमा वर्षोदेखि लुकिरहेको विभागको वास्तविकत जनता माझ आउने डरले उक्त वास्तविकता दबाउन सरकारले यस्तो ओदश दिएको महासचिव तामाङ्गको भनाई छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४