बुधबार, साउन २०, २०८३

ओलम्पिक छनोट : नेपालको सुखद अन्त्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दोस्रो चरणको ओलम्पिक छनोटमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सुखद अन्त्य गरेको छ । मंगबार भएको खेलमा नयाँ प्रतिद्वन्द्वी राष्ट्र इन्डोनेसियालाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद अन्त्य गरेको हो । 

सुरुवाती दुई खेल गुमाउँदै छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना समाप्त पारेको नेपालले आफ्नो तेस्रो खेलमा प्रतिस्ठाको जित निकालेको हो । नेपालले इन्डोनेसियासँग पहिलो पटक प्रतिस्पर्धा रगेको हो । 

इन्डोनेसियासँग पहिलो हाफ १-१ को बराबरी खेलेको थियो । पहिलो हाफमा नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारीले गोल गरेकी हुन् । त्यस्तै दोस्रो हाफमा सावित्राले नै व्यक्तीगत दोस्रो गोल गर्दै नेपालको सुखद अन्त्य गराइन् । 

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक म्यानमारसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा पनि चिरपरिचित भारतसँग ३-१ ले पराजित भएको थियो । 

छनोटको समूह ‘ए’मा रहेको नेपालले तीन अंक जोड्यो । समूह ‘ए’बाट आयोजक म्यानमार र भारत तेस्रो चरणमा प्रवेश गरेका छन् । यता नेपाल र इन्डोनेसिया छनोटबाट बाहिरिएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।