बुधबार, साउन २०, २०८३

ट्रक र मोटरसाइकलको ठक्करमा सिरहामा तीनजनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – ट्रक र मोटरसाइलक एक आपसमा ठोकिएर दुर्घटना हुँदा सिरहामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गस्थित सिरहाको लहान नगरपालिका–१३ भोटिया नजिक ना ३ ख ७७७४ नम्बरको ट्रक र स १ प ७३७८ नम्बरको मोटरसाइलक एक आपसमा ठोकिँदा दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा लहान नगरपालिका–४ बस्ने २६ वर्षीय कृष्णा सहनी, शिव सहनी र २५ वर्षीय मनोज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ट्रकले विपरित दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको बताइएको छ। 

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।