बुधबार, साउन २०, २०८३

सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सर्वोच्चको आदेशविरुद्ध तराईका केही स्थानमा प्रदर्शन गरिएको छ। जन्मको आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्न गृह मन्त्रालयले गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल पनि आन्दोलनमा उत्रिएको छ।
 
वीरगन्जमा मङगलबार फोरम नेपालका नेता तथा कार्यकर्ताले सर्वोच्चको अन्तरिम आदेशको विरोधमा प्रदर्शन गरेका छन्। उनीहरुले अदालत र सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन् भने अदालतको आदेशको सांकेतिक प्रति पनि जलाएका छन्। 

यस्तै सर्वोच्चको आदेशविरुद्ध विराटनगरमासमेत प्रदर्शन गरिएको छ। नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका युवाहरुले अदालत र सरकारविरुद्ध नाराबाजी गरेका हुन्। अदालतको अन्तरिम आदेशसँगै जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन बन्द गरेको छ।

अदालतले सोमबार मात्रै जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृह मन्त्रालयको परिपत्रलाई यथास्थितिमा राख्न आदेश दिएको हो।

गृहले गत चैत १९ गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिने निर्णय भएको भनी कार्यान्वयन गर्न आग्रह गरेको थियो।

वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले गृहको परिपत्रविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।