बुधबार, साउन २०, २०८३

जनआन्दोलनको सम्झना 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – आज २९ औं जनआन्दोलन दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ। २०४६ सालको शान्तिपूर्ण जनआन्दोलन मार्फत प्रजातन्त्रको पुनर्बहाली भएको ऐतिहासिक दिनको सम्झनामा चैत २६ गते जनआन्दोलन दिवस मनाइँदै आइएको छ।

२०४६ सालमा राजनीतिक दलहरुको प्रदर्शन चर्किएपछि तत्कालिन राजा बीरेन्द्रले आजकै दिन बहुदलीय व्यवस्थाको घोषणा गरेका थिए। त्यसैले चैत २६ लाई बहुदलीय व्यवस्था स्थापना भएको दिवसको रुपमा सम्झना गर्ने गरिन्छ। जुन आन्दोलनको अगुवाइ तत्कालीन कांग्रेस नेता गणेशमान सिंहले गरेका थिए । त्यही आन्दोलनले ०१७ मा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनस्र्थापना गरेर पञ्चायतलाई बिदा गराएको थियो।

तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते शाही घोषणा मार्फत मुलुकको शासन सत्ता आफ्नो हातमा लिएपछि २०६२ सालमा पनि सात दलले चैत २६ गतेदेखि नै निर्णायक आन्दोलन सुरु गरेका थिए।

यसैबीच जनआन्दोलन दिवसको सम्झनामा वीर गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा पदयात्रा आयोजना गरेको छ। मंगलबार बिहान बसन्तपुर दमकलबाट सुरु भएको पदयात्रा न्युरोड, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै पुनः बसन्तपुर पुगेको थियो। 

लौहपुरुष गणेशमानलाई आदर्श मान्ने विभिन्न पेशाकर्मी, व्यवसायी, विद्यार्थी, कलाकार, खेलाडीहरु पदयात्रामा सहभागी भएका थिए। उनीहरुले गणेशमान सिंहको तस्वीर अंकित टिसर्ट र क्याप लगाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।