बुधबार, साउन २०, २०८३

केन्द्रीय नेता वडाबाटै आउनुपर्छ : शशांक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टी केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने बताएका छन्। लमजुङको बेसीसहरमा मंगलबार पत्रकार सम्मेलनमा उनले भने, ‘केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्छ।’

महामन्त्री कोइरालाले जिल्ला सभापतिहरूको मागअनुसार केन्द्रीय कार्य समितिले गरेको निर्णयमा पुनर्विचार गर्नुपर्ने बताए। यस्तै उनले समानुपातिक सहभागिता एकपटकका लागि मात्र लार्गू हुनुपर्ने बताए।

महामन्त्री कोइरालाले पार्टी कार्य सम्पादन समिति गठन छिट्टै हुने दाबी गरे। उनले भने, ‘कार्य सम्पादन समिति गठनमा सहमति जुटिसकेको छ र विभाग गठनमा पनि एकदुई दिनमै सहमति हुन्छ।'

कोइरालाले ओली सरकार अलोकतान्त्रिक बाटोमा हिँडिरहेको आराप लगाउँदै मुलुकमा भष्टाचार र महँगी वृद्धिले जनता आहात भएको बताए। उनले अब कांग्रेसले त्यसको भण्डाफोर गर्ने बताए। लमजुङमा हुने जिल्ला सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, धनराज गरुङ, रामकृष्ण यादब, कमला पन्त, सरिता प्रसाई, दीपक गिरी, सुरेन्द्र पाण्डे, विष्णु धितालसहितका नेता बेशीसहर पुगेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।