बुधबार, साउन २०, २०८३

यसकारण बढ्दै छ तराईमा गर्मी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – विशेषगरी तराई–मधेशमा गर्मीको जोखिम शीतलहरको तुलनामा उच्च हुँदै गएको छ। गर्मीका कारण नै गत केही दिनअघि पर्सा र वारा जिल्लाका केही स्थानमा हावाहुरीले अकल्पनीय क्षति पुगेको नेपालमा पहिलो पटक सम्पन्न ‘नेपालमा तातो हावा (लु) र त्यसले स्वास्थ्यमा पार्नसक्ने प्रतिकूल प्रभाव’ विषयको अध्ययनले देखाएको छ।

विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार सार्वजानिक गरेको प्रतिवेदनमा गर्मी बढ्ने क्रममा रहेको र देशको दक्षिणी भेगमा गर्मी रात, अग्रिम मनसुन र मनसुनको समयमा वर्षा धेरै हुनेगरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

जल तथा मौसम विभागको सहयोगमा सन् १९८७ देखि २०१६ सम्मको तथ्याङ्क अध्ययन गरिएको थियो। तीन जिल्लाका ३१८ सहभागीलाई गरिएको अध्ययनमा ५० प्रतिशत सहभागीमा बढ्दो तापक्रमले स्वास्थ्यमा समस्या देखिएको प्रतिवेदनले औल्याएको छ।

प्रतिवेदन भन्छ, ‘तराई–मधेशमा गर्मीलहरको जोखिम उच्च हुँदै गएको छ। यससित जुध्न समयमै समस्या सम्बोधन हुनु जरुरी रहेको छ।’

दमरोगी बढ्दै

आज नै सार्वजानिक गरिएको नसर्ने दीर्ध रोगसम्बन्धी राष्ट्रिय सर्वेक्षणले दमरोगको भार ११ दशमलव सात रहेको जनाएको छ। नसर्ने दीर्घ रोगसम्बन्धी ७२ जिल्लामा २० वर्ष उमेर समूहभन्दा माथिका १३ हजार २०० मा गरिएको सो अध्ययनले मधुमेह ८.६, मिर्गौला ६, मुटु २.९ प्रतिशतमा समस्या देखिएको थियो । सहभागीका रगत, पिसाबका साथै मुटु र छातीको परीक्षण गर्दा सो समस्या देखिएको प्रतिवेदनले जनाएको छ।

नसर्ने दीर्ध रोगको भार कति रहेको  थियो भन्ने कुनै अध्ययनसमेत भएको थिएन। मुटु, मिर्गोला, क्यान्सरलगायतका रोगको उपचारमा सरकारले आर्थिक अनुदान समेत दिँदै आएको छ। जनसङ्ख्यामा आधारित क्यान्सर रोगसम्बन्धी अर्को अध्ययनले सबैभन्दा बढी काठमाडौंमा क्यान्सरका रोगी पाइएको देखाएको छ। परिषद्ले हाल विभिन्न नौ जिल्लामा जनसङ्ख्यामा आधारित क्यान्सर दर्ता जारी राखेको छ।

अर्कोतर्फ धनुषा, भक्तपुर  र दोलखामा गरिएको मानसिक स्वास्थ्य सम्बन्धी सर्वेक्षणले ११ प्रतिशत किशोर किशोरी तथा १३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या देखिएको थियो। विद्यालयमा स्वास्थ्यकर्मीको प्रावधान सम्बन्धी अर्को अध्ययनले विद्यालयमा स्वास्थ्यकर्मीलाई परिचालन गर्दा व्यवहार परिवर्तन र व्यक्तित्व विकासमा सहयोग पुगेको पुष्टि गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।