बुधबार, साउन २०, २०८३

अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - अर्घाखाँचीमा यात्रु वाहक जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
 
सन्धिखर्कबाट प्युठानको बरौला जाने क्रममा लु १ ज १२२९ नम्बरको जीप अर्घाखाँचीको लाप्टेबाँझमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो। उकालोमा ब्रेक फेल भएपछि अनियन्त्रित भई जीप सडकबाट तल खसको थियो।

दुर्घटना परी प्युठान ऐरावती गाउँपालिकाका ५० वर्षीय धनबहादुर राना, १४ वर्षीया मनीका आचार्य र अन्दाजी ६ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरुको सन्धिखर्क अस्पताल र लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।