काठमाडौं – बसुन्धराको एक घरमा सकेट बम फेला परेको छ। ओसिस क्याफेसँगै जोडिएको घरमा सकेट बम फेला परेको र डिस्पोज गर्ने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ।
सो घरमा रहेको ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’ काे सोफामुनि सकेट बम फेला परेको हो। महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उक्त संस्थाका सञ्चालक डम्मर बहादुर बीसीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ भने बम डिस्पोजका लागि सेनाको टोली खटिएको छ।
बम कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान भैरहेको महाराजगञ्ज प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४