बुधबार, साउन २०, २०८३

काठमाडौंकाे बसुन्धरामा सकेट बम फेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – बसुन्धराको एक घरमा सकेट बम फेला परेको छ। ओसिस क्याफेसँगै जोडिएको घरमा सकेट बम फेला परेको र डिस्पोज गर्ने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ। 

सो घरमा रहेको ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’ काे सोफामुनि सकेट बम फेला परेको हो। महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उक्त संस्थाका सञ्चालक डम्मर बहादुर बीसीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ भने बम डिस्पोजका लागि सेनाको टोली खटिएको छ। 

बम कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान भैरहेको महाराजगञ्ज प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।