बुधबार, साउन २०, २०८३

धरानमा बस दुर्घटना, ४ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - धरानमा बस दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ। भोजपुरबाट धरानका लागि छुटेको ना ७ ख २७१३ नम्बरको बस जिरोपोइन्टमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी  २१ यात्रु घाइते भएका छन्। 

दुर्घटनामा परेको बस रुख र बिजुलीको पोलमा ठोकिएको थियो। घाइतेहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिएका छन्।

गाडिको ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका छ। चालक चक्र बहादुर गुरुङ र यात्रु बल बहादुर मगर बाहेक अन्य दुई मृतकहरुको पहिचान हुन नसकेको प्रहरीले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।