बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खटाएका स्थानमा जान आन्दोलनरत चिकित्सकलाई मन्त्रीको निर्देशन

खटाएका स्थानमा जान आन्दोलनरत चिकित्सकलाई मन्त्रीको निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ – उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गरेका छन्। समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई मन्त्री यादवले खटाएको स्थानमा जान  आग्रह गरेका हुन्।
 
नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा आयोजित कार्यक्रममा मन्त्री यादवले खटाएको स्थान गएर स्वास्थ्य सेवा पुर्‍याए उनीहरुका माग सुन्न आफु र मन्त्रालय तयार रहेको बताए।

प्रदेश र स्थानीय तहमा समायोजन भएपछि संघमा आउन ढोका बन्द हुने र सरकारी चिकित्सक संघ (गोदान) सित स्वास्थ्य मन्त्रालयले गरेका सहमति विपरीत समायोजन भएको भन्दै सरकारी चिकित्सक संघमा आवद्ध चिकित्सकले सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा तीन दिनदेखि अवरोध गर्दै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।