बिहीबार, साउन २१, २०८३

देउवा निवासमा जुट्‌यो सहमति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं :  नेपाली कांग्रेसको कार्य सम्पादन समिति गठनमा सहमति जुटेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सोमबार बिहान बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकमा असन्तुष्ट पक्षलाई समेटेर कार्य सम्पादन समिति बनाउने सहमति भएको हो। 

भागबन्डा नमिलेको कारण लामो समयदेखि कार्यसम्पाद समिति गठन हुन सकेको थिएन। अब कार्यसम्पाद समितिमा सिटौला पक्षबाट उमाकान्त चौधरी र रामचन्द्र पौडेल पक्षबाट डा. शेखर कोइरालालाई राख्‍ने सहमति भएको हो । नेता कृष्णप्रसाद सिटौला सोमबारको बैठकमा अनुपस्थित भए पनि सिटौला पक्षलाई समेट्ने सहमति भएको  छ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजय गच्छेदार, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, चित्रलेखा यादव, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतको उपस्थिति थियो । 

सभापति देउवाले आफ्नो निवास बुढानीलकण्ठमा कार्य सम्पादन समिति गठन, जिल्ला सभापतिको असन्तुष्टि लगायतका विषयमा छलफल पार्टी पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएका थिए।

नेता सिटौलाले कार्य सम्पादन समिति वरिष्ठताका आधारमा हुनुपर्ने, जिल्ला सभापतिहरुको मागअनुसार केन्द्रीय सदस्य पनि वडा तहबाटै निर्वाचित हुनुपर्ने अडान राख्दै आएका छन् ।नेपाल समयसँग कुरा गर्दै नेता सिटौलाले आफू नियमित स्वास्थ्य परीक्षणमा रहेकाले बैठकमा सहभागी हुन नसकेको बताए ।सिटौलाले नेपाल विद्यार्थीसँगको तदर्थ समिति गठन गर्दा केन्द्रीय कमिटीले पारित गरेको विधानअनुसार ३२ वर्ष लागू हुनुपर्ने लगायतका माग राख्दै आएका छन् । सभापति देउवाले बैठक बोलाउने, छलफल गर्ने तर कार्यान्वयन नगर्ने गरेका कारण बैठक बहिष्कार गर्दै आएको बताएका छन्।

यसरी गठन हुन्छ कार्य सम्पादन समिति

कांग्रेस केन्द्रीय समितिपछिको शक्तिशाली मानिने कार्य सम्पादन समितिमा ६ जना पदाधिकारी (सभापति, उपसभापति, महामन्त्री दुई, सहमहामन्त्री र कोषाध्यक्ष रहने विधानमा उल्लेख छ। कांग्रेसमा विलय भएका लोकतान्त्रिक फोरमका विजय गच्छेदारलाई उपसभापति नियुक्त गरिएसँगै पदाधिकारीको संख्या ७ पुगेको छ। तर कांग्रेस विधानले गच्छेदारलाई उपसभापति चिन्दैन। अन्तरिम अवस्था भन्दै संस्थापन पक्षले उनलाई उपसभापतिमा मनोनयन गरेको थियो।

कांग्रेस संसदीय दलका नेतासमेत कार्यसम्पादन समितिको सदस्य रहने व्यवस्था छ। दलका नेता र सभापति फरकफरक रहेको अवस्थामा मात्र कार्य सम्पादन समिति २९ जनाको हुन्छ। तर सभापति र संसदीय दलको एउटै भए पनि गच्छेदारलाई समेट्नपर्ने भएकाले २८ जना रहनुपर्ने कार्यसम्पादन समिति २९ सदस्यीय बनेको हो।

कार्य सम्पादन समितिमा केन्द्रीय समितिको वरिष्ठताका आधारमा सदस्य रहने परम्परा छ। सभापति देउवा, उपसभापतिद्वय विमलेन्द्र निधि र गच्छेदार, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री प्रकाशशरण महत स्वतः पदेन सदस्य रहनेछन्।

त्यस्तै वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, कुलबहादुर गुरुङ, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खडका, मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्र बढु स्वतः कार्यसम्पादन समितिमा रहनेछन्। वरिष्ठतम्  केन्द्रीय सदस्य कुलबहादुर गुरुङ र नरहरि आचार्य अस्वस्थ भएका कारण उनको स्थानमा केन्द्रीय सदस्य उमाकान्त चौधरी र डा शेखर कोइरालालाई कार्यसम्पादन समितिमा ल्याउने विषयमा सहमति बनेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।